ADVERTISING

Breaking News

गैरसरकारी संस्थाहरुलाइ सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे ।
गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढि, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा समेत गरे । गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन पनि सरकार तयार रहेको उनको भनाइ छ ।

leave a reply