काठमाडौ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन । उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले राजीनामामा वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाएका छन् । विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो ।
रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईद्धारा पदबाट राजीनामा
