संखुवासभाको धार्मिक स्थल तातोपानी क्षेत्र ओझेलमा

संखुवासभाको उत्तरी भोटखोलामा रहेको धार्मिक स्थल तातोपानी ओझेलमा परेको छ । भोटखोला वडा नम्बर ३ को हटिया गाउँ नजिकै रहेको तातोपानी संरक्षणको पर्खाइमा छ भने प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । कोही भाकल पुरा गर्न पुग्छन् भने कोही आफ्नो बिराम निको होस् भनेर कामना गर्न पुग्ने गरेका छन् ।
तातोपानीसम्म पुग्न हटियाबाट स्थानीय सरकारको पहलमा गोरेटो बाटो निर्माण गरिएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज र स्थानीयको पहलमा ट्यांकी निर्माण र नुहाउने ठाउँ बनाएपनि ति पूर्वाधार पर्याप्त छैनन । 
हटिया बजारबाट करिब ५ मिनेटको पैदल दूरीमा रहेको तातोपानीको दुई ओटा मुहान रहेको छ । मुहानबाट निस्किएको पानी जुनसुकै मौसममा पनि अत्यन्तै तातो भएकै कारण तातोपानी नाम रहन गयो । 

प्रतिक्रिया