आईपीएल क्रिकेटको सत्रौं संस्करण आजदेखि शुरु हुदै

इण्डियन प्रिमियर लिग आईपीएल को १७औं सस्ंकरण आजदेखि शुरु हुदै छ। आज उदघाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । चेन्नईमा उदघाटन खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ ।रु उदघाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन् ।  उदघाटन साँझ ६ बजेर ३० बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल अघि चेन्नईमा हुनेछ । चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ ।  रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । यो सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन् । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ ।रु चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ । उनको यो आईपीएल डेब्यू हो र त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ । 

प्रतिक्रिया