चापाकलहरु सुक्न थालेपछि वीरगञ्जमा सर्वसाधारणको दैनिकी कष्टकर

गर्मी अत्याधिक बढ्नुका साथै लामो समय देखि वर्षापनि नभएपछि वीरगन्ज महानगरमा यसबर्षपनि चापाकलहरु सुक्न थालेका छन् । खासगरी महानगरका शहरी क्षेत्रका वडाहरुमा चैत अन्तिम सातादेखि चापाकलहरु सुक्न सुरु भएको हो । योक्रम अहिले झन् बढ्दै गइरहेको छ । चापाकलहरु सुक्न थालेपछि खानेपानीको समस्या फेरि विकराल बन्दै गइरहेको छ । वीरगन्ज महानगरपालिकाले पनि केहि साता यता महानगर क्षेत्रमा चापाकलहरु सुक्न थालेको र त्यसले खानेपानीको समस्यासंग महानगरबासी जुधिरहेको जनाएको छ ।  छिट्टै बर्षा नभएमा आगामी दिनमा पिउने पानीको समस्या झनै विकराल हुने अवस्था रहेको छ।  गत वर्ष चापाकलहरू सुकेर समस्याग्रस्त बनेका वडाहरूमा यसपटक अझ धेरै पिउने पानीको समस्या हुन सक्ने महानगरको चेतावनी छ । वीरगन्ज महानगर क्षेत्रमा यसअघि सामान्यतया पानीको सतह २७–२८ फिट भेटिने गरेकोमा अहिले ३०÷३५ फिट तलसम्म पुगेको भन्दै उनले पानीको सतह अझ घट्न सक्ने सम्भावना औल्याइएको छ ।  चापाकलहरु सुकेर पानीको समस्या हुन थालेपछि यसबर्षपनि महानगरपालिकाले विभिन्न वडाहरूमा डीप बोरिङ जडान गरिरहेको छ । अधिकतम ३५० फिटसम्मको गहिराईमा मात्र डीप बोरिङ जडानका लागि महानगरले अनुमति दिने गरेको छ । 
 

प्रतिक्रिया