उडेको केही मिनेटमै श्री एयरलाइन्सको विमानमा आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण भएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको हो ।बिहान ७ बजेको उक्त फ्लाइट ‘चक्काको स्टेयरिङ लक भएपछि भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । 

प्रतिक्रिया