काठमाडौमा घटस्थापना अघि नै मेलम्चीको पानी आउने

काठमाडौ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको हो । दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएको समितिको भनाइ छ । अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ । वर्खा याम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो । बाढीको सम्भावना कम भएसँगै काठमाडौँमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ । काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ । काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ । मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।।

कालिकोटमा यात्रुवाहक जीप दुर्घटना, ८ जनाको मृत्यु

भकुण्डेवेसी बर्षेखोला सडक खण्ड साँझ ६ देखि बिहान ४ बजेसम्म बन्द रहने
उडेको केही मिनेटमै श्री एयरलाइन्सको विमानमा आकस्मिक अवतरण

गुल्मी शान्तिपुरमा पनि कपडा बैंक शुभारम्भ
मनसुनजन्य विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि टास्क फोर्स बन्छ : उपप्रध…

आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार

प्रतिक्रिया