मनमोहन कार्डियोथोरासिक सेन्टरको भवनबाट हाम फालेर एक युवकको मृत्यु

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने  स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको हाे । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

प्रतिक्रिया