डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव

काठमाडौं । वन तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो नियन्त्रणका लागि संस्थागत विकासमा जोड दिन सुझाव दिएका छन् ।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले डढेलो नियन्त्रणका लागि डेडिकेटेड संरचना बनाउन सुझाएका हुन् ।
उनले डढेलो नियन्त्रणका लागि संस्थागत निकाय नहुँदा भविष्यमा नेपालले डढेलो प्रकोपको चुनौति सामना गर्नुपर्ने स्थिति आउनसक्ने बताए । डढेलो नियन्त्रणका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने समेत उनको सुझाव छ ।
उनले डढेलो लगायत प्राकृतिक प्रकोप व्यवस्थापनका लागि प्रदेश तहमा एक करोड बजेट जाने भएपनि त्यो खर्च गर्न सक्ने अवस्था नरहेको बताए ।
उनले डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयगत छुट्टै महाशाखा खोलेर जवाफदेही बनाउन जरुरी रहेको बताए ।
उनले विपद् हेर्ने एकल अधिकार स्थानीय तहमा रहेका उल्लेख गर्दै स्थानीय तहहरुको क्षमता अभिवृद्धि गरी प्रमुख जिम्मेवार बनाउनुपर्ने बताए ।
उनले जलवायु परिवर्तनको कारण प्राकृतिक विपद्का घटनाहरु बढिरहेको उल्लेख गर्दै विद्यमान कानूनलाई परिमार्जन गरि समयानुकुल बनाउन जरुरी रहेको समेत बताए ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_1PTL2z5t8W_8rbtroiknwzkjip74vueevtwamcatho29dk99k6rhlngojrhshf4crxay118.jpg)
प्रतिक्रिया