जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैन : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बुधवार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभइ नियत खराबका साथ गरिएको देखिएको बताए ।
उनले तीन महिना अघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताए । उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । भट्टराईले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताए ।
व्यवसायीहरूले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्वीकार्न नसकिने उनी बताउँछन् । उनले ३५८ रुपैयाँ र ४५८ बाट करिव साढे ७ सय र ८ सय पुगेको देखिएको बताए ।
उनले विद्युतको मूल्य बढेदा,ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्ढा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताए ।
उनले नेपालको आफ्नै कच्चा पदार्थमा मलतः नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताए । उनले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_orCnN2c5EB_fpz7x7doveqdzlhr23xyuljszajeaypcnebjlz9mkl3g8tkddjrkyz7fsktv.jpg)
प्रतिक्रिया