बिजुलीको बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउने दुई सञ्चालकलाई हटाइयो

काठमाडौ । डेडिकेटेड फिडर र ट्रंकलाइन  महसुल बक्यौताको विषयमा नेपाल विद्युत् सञ्चालक समितिको निर्णयमा फरक मत राखेका दुई सञ्चालकलाई सरकारले हटाएको छ। उद्योगहरूबाट बिजुलीको बक्यौता प्रिमियम महसुल उठाउनुपर्छ भनेर आवाज उठाउँदै आएका  सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पदबाट हटाइको हो। 

बक्यौता नतिरेर लाइन काटिएका ६ उद्योगमा बिजुली जोड्ने ७ असारको प्राधिकरण सञ्चालक समितिको निर्णयमा उनीहरूले फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। 

यसैलाई सरकारको निर्देशन उल्लंघन गरेको भन्दै ऊर्जामन्त्री दीपक खड्काले गत १५ साउनमा उनीहरूलाई तीन दिनको म्याद राखेर स्पष्टीकरण सोधेका थिए भने उनीहरूले गत १८ साउनमा ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई आइतबार पदबाट हटाएको पत्र पठाइए पनि त्यसमा मिति भने साउन १८ गते शुक्रबारकै छ। 

 

प्रतिक्रिया

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६५ हजार नाघ्यो

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक