सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेस

नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।  नेकपा (एमाले) को समर्थनमा शाहले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो ।  सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।

शाह नेतृत्वमा गठन हुने सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने तयारी गरेको छ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दावी पेस गर्न आह्वान गरेका थिए ।
 

प्रतिक्रिया