गुल्मी शान्तिपुरमा पनि कपडा बैंक शुभारम्भ

गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । चन्द्रकोट गाउपालिका अध्यक्ष ज्युको प्रमुख आतिथ्यतामा संम्पन्न भएको कार्यक्रममा अध्यक्ष युबराज के.सी. ले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीमा सम्पूर्ण पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेल ले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । सोही अवसरमा बोल्दै उपाध्यक्ष श्री बिष्णु प्रसाद भण्डारी ले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे । कपडा बैंकका संचालक कमल जि.सी. ले बैंक संचालन भएको चार महिना अवधिमा आगोलागी पिडितहरु ७०० भन्दा बढी घर धुरी परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको कार्य गर्न पाएकोमा खुसि ब्यक्त गरे । चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रसोधन (रि-साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका कार्यालय २.न. वडा अध्यक्ष कमल के.सी.ले बताए । कार्यक्रममा विभिन्न संचारकर्मी,नेपाल रेडक्रस, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।

प्रतिक्रिया