मलामी बोकेको बोलेरो दुर्घटना हुँदा १४ जना घाइते

दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेर घाटतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । मेलुङ गाउँपालिका- ३ कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परी १४ जना घाइते भएका छन्।

मेलुङबाट तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै  गरेको ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडकखण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो। 

दुर्घटनामा चालक हरिबहादुर कार्कीसहित सबै मलामी घाइते भएका छन्। स्थानीयले घाइतेको उद्धार गरी उपचारका लागि चरिकोट ल्याइएको छ।

प्रतिक्रिया