माल्दिभ्सको संसदीय निर्वाचनमा राष्ट्रपति मुइज्जुको पार्टीलाई बहुमत

नेसनल काङ्ग्रेस त्रियानब्बे मध्ये सतसठ्ठी सिटमा बिजयी

माल्दिभ्समा आइतबार भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेसनल काङ्ग्रेसले भारी बहुमत हासिल गरेको छ । राष्ट्रपति मुइज्जुको सत्तारुढ दलले संसद्को ९३ सिटमध्ये ६७ सिट जित हासिल गरेर इतिहास कायम गरेको छ । संसदीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले १२ सिट र स्वतन्त्र उम्मेदवारले १० सिट जितेका छन् । मालदिभ्स विकास गठबन्धन र जहुरी पार्टीले एक–एक सिट पाएका छन् । देशभरका ६ राजनीतिक दल र स्वतन्त्र समूहले ९३ सिटका लागि ३ सय ६८ उम्मेदवार प्रतिस्पर्धामा थिए । थिए । पिपुल्स नेसनल काङ्ग्रेसले ९० सिटमा उम्मेदवारी दिएको थियो भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले ८९ सिटमा उम्मेदवारी दिएको छ ।मुइज्जु राष्ट्रपति बनेपछि भारत र चीनबीचको द्वन्द्व बढेको थियो । यसअघि निर्वाचित भए लगत्तै मुइज्जुले ेशको एउटा टापुमा तैनाथ भारतीय सेना हटाउन प्रयास गरेका थिए । 

प्रतिक्रिया