गाजा युद्धमा पन्ध्र हजार बालबालिकाको मृत्यु सत्र हजार बने अनाथ

इजरायल र गाजाबीच सुरु भएको युद्धमा अहिलेसम्म करिब १५ हजार बालबालिकाको मृत्यु भएको छ । गत वर्ष अक्टोबर ७ बाट युद्ध सुरु भएयता १५ हजार दुई बालबालिकाको मृत्यु भएको सरकारी अधिकारीले बताएका हुन । त्यसमध्ये ३० बालबालिकाको भने कुपोषणबाट मृत्यु भएको बताइएको छ । गाजा युद्धको चपेटमा परि करिब १७ हजार बालबालिका अनाथ हुनुका साथै आफ्नो अभिभावक गुमाएका छन । दक्षिणी गाजामा रहेका अस्पतालहरुसँग आपतकालीन उद्धार गर्ने इन्धन समेत अभाव हुँदै गएको बताइएको छ । तीन दिनका लागि मात्रै इन्धन बाँकी रहेको भन्दै अधिकारीहरुले तत्काल नाका खोल्न माग स्वास्थ्यकर्मीहरुको भनाइ छ । रफाहमा इजरायलको कारबाही पुनः सुरु भएपछि त्यहाँका अस्पतालहरुमा उपचारत बिरामीहरुको उपचार समेत तत्कालका लागि ठप्प गरिएको छ । करिब दुई सयभन्दा धेरै स्वास्थ्यकर्मीलाई बेपत्ता पारिएको  विश्व स्वास्थ्य संगठनले जनाएको छ । इजरायल र हमासबीच इजिप्टको कायरो वार्ता भएपनि सैन्य कारवाही रोकिएको छैन । यसैविच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको दक्षिणी शहर रफाहमा ठूलो कारबाही सुरू गरे अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन ।  बाइडेनले इजरायल पूर्ण रूपमा सुरक्षित रहने कुरा सुनिश्चित गर्ने बताएका हुन । अहिलेसम्म अमेरिकाको चेतावनीका बाबजुद इजरायलले रफाहमा अगाडि बढ्ने कुरामा जोड दिएको छ । रफाहमा हमास विरुद्ध ठूलो मात्रामा अभियान नचालेसम्म युद्ध जित्न नसकिने निष्कर्षमा इजरायल छ । आक्रमणको चेतावनी दिँदै इजरायली सेनाले रफाहको पूर्वी क्षेत्रहरूमा बसोबास गर्ने करिब एक लाख मानिसहरूलाई खान युनिस र अल–मवासीमा जान आग्रह गरेको छ।  मानवअधिकार संगठनहरूले इजरायलले रफाहमा ठूलो अपरेशन सुरू गरेमा ठूलो मात्रामा मानिसको ज्यान जानसक्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया