२० वटा सहकारी संस्था ‘समस्याग्रस्त’ घोषणा

सरकारले संघ अन्र्तगतका २० सहकारी संस्थालाई ‘समस्याग्रस्त’ घोषणा गरेको  छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाको सूचीमा पछिल्लो पटक गौतमश्री बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि थपिएको छ।  गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यी सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको समितिले जनाएको छ । २० मध्ये दुई/दुई वटा सहकारी संस्थाको सञ्चालक पनि एउटै व्यक्ति रहेको खुलेको छ। यी २० वटै सहकारी संस्थाबाट झन्डै १७ अर्ब रुपियाँ अपचलन भएको छ। सरकारले कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिड एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। त्यसै गरी सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरिएन्टल कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्त घोषणा गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। सरकारले कोहीनुर, भेगास, पशुपति, तुलसी, शिवशिखरलाई पनि समस्याग्रस्तको सूचीमा राखेको छ। हाम्रो नयाँ कृषि, कृषि विकास, कान्तिपुर र लालीगुराँसपनि समस्याग्रस्त सूचीमा परेपछि समितिले छानबिन, सम्पत्ति रोक्का र कारबाही प्रक्रिया अगाडि बढाएको छ।  संघीय सरकार मातहतका १४५ सहकारीमध्ये समस्याग्रस्त घोषित २० वटा सहकारी संस्थाबाट २० अर्ब रुपियाँभन्दा बढी अनियमितता भएको छ ।

प्रतिक्रिया