अमेरिकी संसदद्वारा युक्रेन र गाजामा सतहत्तर अर्ब डलरको सहायता प्रस्ताव पारित

अमेरिकी प्रतिनिधि सभाको तल्लो सदन ‘हाउस अफ रिप्रिजेनटेटिभ’ ले युक्रेन र गाजामा मानवीय सहायता सम्बन्धि राहत प्याकेजको प्रस्ताव पारित गरेको छ । सदनले युक्रेनलाई ६१ अर्व र गाजा र इजरायलका लागि भने २६ अर्व अमेरिकी डलर दिने प्रस्ताव संसदले पारित गरेको हो । प्रस्तावमा ाइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब डलर बराबरको रकम र सैन्य सहयोग पठाउने उल्लेख छ । राष्ट्रपती बाइडेनले अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने आंकलन सहित प्रस्ताव सदनमा पेश गरेका हुन । प्रस्ताव पारित भएसंगै अमेरिकाले आज भोलीमा युक्रेन र इजरयाल तथा गाजामा सो रकम बराबरको राहत प्याकेज पु¥याउने बताइएको छ । 

प्रतिक्रिया