महाकुम्भ मेलाको प्रथम शाही स्नान सम्पन्न

सुनसरीको वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्से पूर्ण महाकुम्भ मेलाको प्रथम कुम्भ शाही स्नान सम्पन्न भएको छ । शनिवार बाजा गाजासहित वराहक्षेत्र मन्दिरको कोका कौशीकी संगममा पुगेर महास्नान  गरिएको हो । शाही स्नान गर्न चतराधामबाट सयौको संख्यामा बाजगाजा सहित भजन किर्तन गर्दै आएका थिए । महास्थानमा जगत गुरु बालसन्त मोहन शरण देवाचार्य तथा  भारतका धर्म रत्न गोपाल शरण देवाचार्यसहित सन्तमहन्त, पीठाधीश, मठाधिश, विद्वान, विदुषि लगायतको सहभागिता रहेको थियो । चैत्र २७ गतेदेखि वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलामा मुख्य पाँच स्नान रहेका छन् । पहिलो स्नान कुम्भ प्रारम्भको दिन चैत २७ गते गरिएको छ भने प्रथम कुम्भ स्नान २०८१ वैशाख १ गते गरिएको छ । महिना दिनसम्म लाग्ने महाकुम्भ मेलामा पाँच दिन कुम्भ स्नानका विषेश दिनहरु रहेका छन् । कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेकाले मानिसहरु देश विदेश बाट कुम्भ स्नान गर्न चतरा धाम आउने गरेको कुम्भ मूल आयोजक समितिले जनाएको छ । प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदै आएको छ ।चतरामा प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको हो ।
 

प्रतिक्रिया