ते¥ह बाणिज्य बैंकहरुले बैशाख महिनाका लागि घटाए ब्याजदर

काठमाडौं । बाणिज्य बैंकहरुले बैशाखमा ब्याजदर घटाएका छन । प्रकशित ब्याजदर अनुसार १३ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन । एक पटकमा १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने राष्ट्र बैंकको नियन्त्रित व्यवस्थानुसार ब्याजदर घटाउँदै सार्वजनिक गरेका हुन ।  एनआईसी एशिया बैंकले सबैभन्दा धेरै ०.७९९ प्रतिशत बिन्दुले व्यक्तिगत तर्फको निक्षेपको ब्याज घटाएको छ । व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा ग्लोबल आईएमई, माछापुच्छ्रे,लक्ष्मी सनराइज, प्रभु, नेपाल एसबिआई र राष्ट्रिय वाणिज्य बैंक छन । त्यस्तै कुमारी, सिद्धार्थ,नेपाल बैंक, सिटिजन्स, प्राइम र सानिमा बैंकले पनि ब्याजदर घटाएका छन । सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकले संस्थागत निक्षेपतर्फको ब्याज पनि घटाएका छन् । सिटिजन्स र राष्ट्रिय वाणिज्य बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् । ५ वटा बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज स्थिर राखेका छन् । यसरि ब्याज स्थिर राख्नेमा कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, र हिमालयन बैंक रहेका छन् । यी बैंकको संस्थागत निक्षेप तर्फको ब्याज पनि स्थिर छ ।  एभरेष्ट र एनएमबि बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन । एभरेष्टले व्यक्तिगत निक्षेपतर्फको ब्याज ०.५ प्रतिशत बिन्दुले बढाएको छ भने एनएमबि बैंकले ०.९७० प्रतिशत बिन्दुले ब्याज बढाएको छ । यी दुई बैंकले संस्थागत निक्षेप तर्फको ब्याज पनि बढाएका छन् । 

प्रतिक्रिया