सबै जिल्लामा पाठ्यपुस्तक समयमै पुगेको जनक शिक्षाको भनाइ

भर्ना सुरु हुनुअघि चैत ३० गतेभित्रै देशभरिका सामुदायिक विद्यालयका विद्यार्थीका लागि सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने जनक शिक्षा सामाग्री केन्द्रको लक्ष्य पूरा भएको छ । नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पु¥याउन बाँकी बाँके जिल्लामा पनि बुधबार पुस्तक पुगेको छ । सरकारले केन्द्रलाई विश्वास गर्नुका साथै कार्यतालिका बनाएर काम गर्दा पुस्तक समयमा पु¥याउन सफल भएको केन्द्रको भनाइ छ । सरकारले यसपटक केन्द्रलाई कक्षा ५ देखि १० सम्मका पाठ्पुस्तक छपाइ र वितरण गर्ने जिम्मा दिएको थियो ।  अघिल्लो वर्ष कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर वितरण गर्ने जिम्मेवारी पाएको थियो । केन्द्रले नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १० सम्म गरी एक करोड ७५ लाख थाप्न पुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको थियो । नयाँ शैक्षिक सत्रका लागि निजी प्रकाशन गृहहरूले कक्षा १ देखि ४ सम्मका पुस्तक छाप्ने जिम्मेवारी पाएका थिए। यसअघि निजी प्रकाशन गृहले कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएका थिए । यसैविच नयाँ शैक्षिकसत्रका लागि वैशाख २ गतेबाट भर्ना अभियान सुरु हुने भएको छ । विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिने भएको हो । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहमा अन्तक्र्रिया गर्ने कार्यक्रम छ। वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने भएको छ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ । अभियानकै क्रममा  वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन ।। 

प्रतिक्रिया