धादिङको रुवीभ्यालीमा एम्बुलेन्स सेवा संचालन

धादिङको विकट गाउँपालिका भनेर चिनिने रुवीभ्याली गाउँपालिकाले आफ्नो छुट्टै एम्बुलेन्स संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी हिमालयन हेल्थकेयर नेपालले रुबीभ्याली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेपछि रुवीभ्यालीमा एम्बुलेन्स सेवा संचालनमा आएको हो । गाउँपालिकाले छिट्टै एम्बुलेन्स संचालन कार्यबिधि बनाएर ब्यवस्थित तवरमा एम्बुलेन्स संचालन गर्ने तयारी गरेको छ ।  
किन्ताङ खोलामा बेलिब्रिज लगायत सडक सञ्जाल बिस्तार हुँदा एम्बुलेन्स संचालनले रुवीभ्यालीबासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । उच्च पहाडी क्षेत्रको विकट बस्तीका नागरिक बिरामी पर्दा ओसारपसारमा सहजता ल्याउन ‘हिमालयन हेल्थ केयर नेपाल’ नामक सामाजिक संस्थाले सो गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको हो । आगामी दिनमा गाउँपालिकालाई  १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग संस्थाले गर्ने तयारी गरेको छ ।। 
 

प्रतिक्रिया