नेपाली बजारमा सुनको भाउ आज अहिलेसम्मकै उच्च कायम

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै तोलाको १ लाख ३३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ३१ हजार २ सय रुपैयाँ थियो । त्यस्तै तेजावी सुनको मूल्य तोलामा एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ कीर्तिमान कायम भएको हो । यसअघि अस्ति सोमवार तोलाको १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान कायम भएको थियो । सुनको भाउको अस्तिको कीर्तिमान आज तोडिएको हो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर एक हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया