दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले ग¥यो समिति गठन

काठमाडौं । दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा संयोजक पाण्डेसहित गृहमन्त्रालयका उपसचिव ऋषि पौडेल, उपसचिव एकदेव अधिकारी र नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई छन् । समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्नु पर्नेछ । समितिले दुर्गा प्रसाईंका नाममा इजाजतपत्र र त्यसको नवीकरण सम्बन्धमा छानबिनगरी दोषी उपर कारबाहीको सिफारिस गर्ने छ । यस्तै व्यक्तिगत रुपमा इजाजत प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धनमा मापदण्ड समेत समितिले निर्धारण गर्नेछ ।यसबाहेक उक्त समितिले इजाजत प्राप्त हातहतियार र खरखजानाको दुरुपयोग रोक्न अनुगमन, नियमन र नियान्त्रणका सम्बन्धमा गरिएका अभ्यासको समीक्षा समेत गर्ने जनाइएको छ । प्रसाईका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमार सर्वोच्च अदालत परिसरबाट आधुनिक हतियारसहित पक्राउ परेका थिए । उनीहरूले बोकेको हतियार प्रसाईले अनुमति लिएको देखिएको थियो ।

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान