बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

काठमाडौं । बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारिएको छ । पाल्पा जिल्लामा पर्ने हार्थोक, ढाक्रेबास, भैसीकट्टा , मस्याम, मरेक, रानीवास दोभान हुँदै हालको बुटवलमा  पैदल बाटो भारी बोकी आउने र ती सामानहरु बिक्रि गरी बर्ष दिन पुग्ने नून, मट्टितेल, किराना विसाता, लत्ताकपडा, कृषि तथा अन्य प्रयोजनको लागि आवश्यक धातुहरु र औषधि मुलोहरु खरीद गरि पुनः घरतिर फर्किन्थे । यहि बाटोलाई पर्यटन धार्मिक वा कृषि सडकको रूपमा निर्माण गर्न बक्ताहरूले जोड दिएका छन् । बुटवल देखि तानसेनको ४९ किलोमिटर घुमाउरो वाटोको विकल्प नयाँ सडकलाई लिइएको छ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका अनुसार ट्रयाक खोल्नु पर्ने १९ दशमलव ७ किलोमिटर बाटोको लम्बाईको हुनेछ । साथै बुटवलदेखि दोभान ५ किलोमिटर र डुम्रेबाट कुसुमखोला सडकमा पर्ने घोर्लीघाट देखि ढाकेबाससम्म ५ किलोमिटर समेत गरी बुटवलदेखि भैरवस्थान २९ दशमलव ७ किलोमिटर हुनेछ । यो सडकवाट आधा घण्टामा सहजै बुटवल देखि भैरवस्थान आवतजावत गर्न सकिनेछ ।

प्रतिक्रिया