नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आज बस्दै
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी संस्थापक केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । कैलालीको टिकापुरमा बस्ने बैठकले सुदुरपश्चिम सरकारका विषयमा आवश्यक निर्णय लिने बताइएको छ । बैठकमा नयाँ नेतृत्वको गठबन्धनमा सहभागी हुने वा काङ्ग्रेसलाई नै साथ दिने भन्ने विषयमा छलफल हुने बताइएको छ । आजै दिउँसो २ बजे प्रतिनिधि सभा सदस्य, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सांसदहरुसंग पनि बैठकपनि पार्टीले बोलाएको छ । केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपा प्रदेशमा काङ्ग्रेस नेतृत्वकै सारकारमा सहभागी छ । नाउपामा २१ जना केन्द्रीय सदस्य, ४ जना प्रतिनिधि सभा सदस्य र १२ जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया