सुन तस्करीमा सग्लन रहेको अभियोगमा माओवादी उपाध्यक्ष महरा पक्राउ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन । उनलाई प्रहरीले रोल्पा जाँदै गर्दा रुपन्देहीवाट नियन्त्रणमा लिएको हो ।  सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको छ । । उनलाई आजै काठमाडौं ल्याएर अदालतमा म्याद थपका लागि पेश गर्ने तयारी छ । हिजो मात्रै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कारबाही गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी करार गरेका माओवादी उपाध्यक्ष महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिपपछि प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । उनीमाथि ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस भएको हो । भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो । पूर्वसभामुख महराका कान्छा छोरा राहुल महरा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा राहुललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया