आज विश्व मिर्गौला दिवस, नेपालमा २५ लाख बढी रोगी रहेको अनुमान

विश्व मिर्गौला दिवस आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, ¥याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गरिएको छ । मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गौला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । मानिस ४० बर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ । मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान÷मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । नेपालमा कुनै न कुनै रुपमा २५ लाख भन्दा बढी मिर्गौला सम्वन्धी केही न केही रोगी रहेको अनुमान छ ।। 
 

प्रतिक्रिया