फागुन १ गते सार्वजनिक बिदा छैन: गृहमन्त्रालय

सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया