अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउन कठिन हुन्छ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन । आज शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरेका हुन । मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए । 
मन्त्री बस्नेतले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको भन्दै त्यसलाई हटाएर अघि बढ्न आवश्यकता औल्याए । उनले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने समेत बताए ।। 
 

प्रतिक्रिया