हिमाल दर्शनको ४९ औ वार्षिकोत्सब सम्पन्न

सोलुखुम्बु जिल्लाको दक्षिणि भेगमा रहेको नेचा सल्यान गाउपालिका वडा नम्बर - ३ मा रहेको हिमाल दर्शन माबिले आफ्नो ४९ औ वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । सोलुखुम्बु बाट प्रतिनिधि सभा सदस्य समेत रहेका मानबिर राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पा , गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई, पुर्व पालिका अध्यक्ष डुफ कुमार बस्तोला प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी राईले हिमाल दर्शन माबिले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । सोलुखुम्बु, ओखलढुंगा र खोटाङ लगायत देशका अन्य स्थान बाट समेत अध्ययनका लागि विद्यार्थीहरु हिमाल दर्शन आउँदा गर्व महसुस गर्ने इतिहास रच्ने कुरा सामान्य नभएको स्पष्ट पारे । पछिल्लो समय नेपालका शैक्षिक सस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै राइले व्यवहारिक र बैज्ञानिक शिक्षा प्रणाली लागू गर्नु पर्ने कुरामा जोड दिए । एक फरक प्रसङ्गमा राइले हिमाली जिल्लामा जग्गाको हदबन्दी १३३ रोपनी हुनुपर्ने माग अघि सारे । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोम्बु शेर्पाले वर्तमान शिक्षा प्रणालीमा देखिएका कमिकमजोरी लाई सुधार गर्नुपर्ने कुरामा जोड दिए । कोशी सरकारले पहिचानको मुद्दा लाई सम्बोधन गर्न पहल थालेको उनले धारणा राखे पालिका अध्यक्ष धनजन राईले गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले आफुले सकेको गर्ने स्पष्ट पारे हामी हाम्रो साधन श्रोतले भ्याउन काम गर्न लागि परेका छौं हामीलाई सहयोग गर्न प्रदेश र संघले सहयोग गर्नुपर्छ उनले भने पालिका उपाध्यक्ष बिना राईले शिक्षाले नै हरेक नागरिकको मापन हुने भएकोले राम्रो , गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न बिधालय लाई आग्रह गरिन । हिमाल दर्शनको इतिहास गर्व गर्न लायक रहेको बताउदै उनले बिधालय लाई राजनीतिक हस्तक्षेप बाट जोगाउनु पर्ने कुरामा जोड दिइन । कार्यक्रममा पुर्व पालिका अध्यक्ष बास्तोला लगायतले आफ्नो धारणा राख्दै शैक्षिक क्षेत्रको बिकासमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिए।। बिधालयले आफ्नो बिगत, वर्तमान र भविस्यमा गर्ने योजना प्रस्तुत गर्दै कार्यक्रममा उपस्थित सबै प्रती आभार व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया