स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन । आज शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको जानकारी दिएका हुन । स्वास्थ्यमन्त्री बस्नेतले २०५४ सालेदेखि स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको गुनासो पनि गरे । 
सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै मन्त्री बस्नेतले नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताए । नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेकोपनि मन्त्री बस्नेतले बताए । 
 

प्रतिक्रिया