स्वास्थ्य बीमा कार्यक्रममा सह भुक्तानीको पेमेण्ट प्रणाली लागू हुँदै

स्वास्थ्य बीमा बोर्डले माघ एक गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह भुक्तानीको पेमेण्ट प्रणाली लागू गर्ने भएको छ । बोर्डले आज पत्रकार सम्मेलन गर्दै बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्टको व्यवस्था  लागू गर्ने बताएको हो । बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धि कार्यविधि परिमार्जन सहित लागू गर्न लागिएको जानकारी पनि दिए । 
अध्यक्ष लोहनीले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवा सम्बन्धि कार्यविधिको मुख्य उदेश्य स्वास्थ्य प्रणालीको सबलिकरण गर्ने रहेको उल्लेख गरे । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेको छ । दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १÷१ महिनाका लागि दिइरहेको औषधि ३÷३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको बोर्डले जनाएको छ । सरोकारबाला, बीमा बोर्ड,बीमित र सेवा प्रदायकहरु रहेकाले यसमा निजी,सरकारी सहकारी भन्ने नभएको बोर्डको भनाइ छ । स्वास्थ्य बीमाको लागि काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा बाँकी रहेको भन्दै २०८० सालभित्र सो स्थानमा प्रवेश गर्ने जानकारी बोर्डले दिएको छ । 
 

प्रतिक्रिया