सामान्य उपचारले रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव

चिसो बढेसंगै उपत्यकामा रुघाखोकी र चिसोका बिरामीको संख्या उल्लेख्य मात्रामा बढेको छ । चिसोमा इन्फ्ुएन्जाका किटाणु र भारइस बढी सक्रिय हुने हुदाँ रुघाखोकीका बिरामी बढेका हुन । मौसमी रुघाखोकीलाई घरेलू उपचार गर्न तिर लाग्नु भन्दा अस्पतालमा चेकजाच गर्न चिकित्सकको सुझाव छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण तीब्र भएकाले सामान्य उपचारले रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकहरुले सुझाव दिएका हुन । रोग प्रतिरोधात्मक क्षमता कम हुने वृद्धवृद्धा, बालबच्चा र गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले बढ्दो संक्रमणलाई मध्यनजर गरेर सरकारले भारतबाट नेपाल प्रवेश बिन्दुका सम्पूर्ण १४ वटा हेल्थ डेक्समा निगरानी थालेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेको छ । कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
 

प्रतिक्रिया