ओस्कार विजेता कोरियाली अभिनेता लि सन–क्युन मृत फेला

दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । सन २०२० मा लि ले फिल्म प्यारासाइटका लागि ओस्कार जितेका थिए । ४८ वर्षीय अभिनेता आज सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएका हुन । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँहि स्पष्ट भैनसकेको कोरियाको प्रहरीले जनाएको छ । लिले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ । उनीमाथि अक्टोबरदेखि लागू औषध दुव्र्यसनको आरोपमा छानबिन भइरहेको थियो । लिको लागू औषध परीक्षणको नतिजा भने नकारात्मक आएको थियो । अनुसन्धानको बीचमा लिको मृत्यु भएको हो । दुई दशक लामो करियरमा उनले दर्जनौँ चलचित्र र टेलिभिजन शोमा काम गरेका थिए । सन् २०१० का ताका उनी दक्षिण कोरियामा निकै लोकप्रिय मानिन्थे । नायिका जिओन हेई–जीनसँग विवाह गरेका लिका दुई छोरा रहेका छन् ।
 

प्रतिक्रिया