टिकटकमा प्रतिबन्ध विरुद्धको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा परेको हो । यसअघि मंसीर १९ गते तोकिएको पेशी तोकिएको थियो । त्यतिवेला पनि ‘र्हेन नभ्याइने’मै परेको थियो । सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंसीर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि मंसीर ५ गते सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलाशले कारण देखाउ आदेश जारी गरेको थियो । त्यससँगै अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने तय गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो । तर, त्यसयता दुई पटक पेशी तोकिए पनि सुनुवाइ हुने सकेको छैन । 

प्रतिक्रिया