कार्तिक नाचमा हिरण्यकश्यपुको बध प्रस्तुत

कार्तिक नाच शुरु भएको ८ औं दिन शनिवार नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ ।  मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा गएराति नृसिंह अवतार हिरण्यकश्यपु वध देखाइएको हो । यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला  ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार देखाइएको हो । 
परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । 
१० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाएपछि नाच सकिने छ । ।   वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ ।  कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गरेका थिए । 

प्रतिक्रिया