अर्घाखाँचीको ऐतिहासिक भैरव नाच काठमाडौँमा

अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर कालभैरव अगाडि भैरव नाचको प्रदर्शन भएको हो । 
अर्घाखाँचीदेखि बुटवल र अन्य जिल्लामा स्थानीयको सहयोगमा यो नाच प्रदर्शन हुँदै आएको थियो । काठमाडौँको नेवारी सभ्यता र संस्कृति तथा अर्घाखाँचीको सभ्यता र संस्कृतिलाई कसरी जोड्ने उद्देश्यले पहिलोपटक नाच गरिएको हो । 
अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने गरिए पनि अर्घाखाँचीमा भने भैरव नाच भन्ने गरिएको भैरवनाथ व्यवस्थापन समितिले जनाएको छ । लाखे नाचमा एउटा मुकुट लगाएर नाच्ने गरिन्छ भने अर्घाखाँचीको भैरव नाचमा तीन वटा मुकुट लगाएर नाच्ने गरिएको छ । कालो मुकुट  शिवजीको स्वरूप हो भने रातो मुकुट देवीको र सेतो मुकुट गणेशको प्रतीक मानिन्छ । अर्घाखाँचीमा दशैंक घटस्थापनको दिन निकालिने तिहारको औँसीको दिन यसलाई सेलाउने गरिन्छ । 

प्रतिक्रिया