पचली भैरवको लिङ्गो ठड्याउने जात्रा पुनःस्थापित

लामो समयदेखि रोकिएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित भएको छ । विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा अन्तर्गत आज साँखुमाथिको जङ्गलबाट काटेर ल्याइएको लिङ्गो ठड्याइएको हो । आश्विन शुक्ल चौँथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ । विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुन सुरु गरिएको स्थानीयले बताएका छन । लिङ्गो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा गर्ने परम्परा छ । यी क्षेत्रमा हरेक बर्ष आश्विन शुक्ल अष्टमीसम्म जात्रा हुने गर्दछ । अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा लिङ्गो ढालिन्छ ।।

प्रतिक्रिया