चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा समेटिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरुले फिल्मले नयाँ विषयबस्तु दिन खोजेको बताए । 
चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । 
 

प्रतिक्रिया