क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीच एकताको आवश्यकता छ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महशुस हुन थालेको बताएका छन् ।
बिहीवार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताए ।
अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गर्दै उनले एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता रहेको बताए । राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले भने, “एकता, संघर्ष र रुपान्तरण तीन भाग हुन्छ । एकता, संघर्ष र रुपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता हो । क्रान्तिका, परिवर्तनका उपलब्धिहरु गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ । क्रान्तिकारी र परिवर्तनकारी शक्तिहरुको एकताको आवश्यकता छ । एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता छ । त्यो संघर्षसँगै राजनीतिक प्रणालीमा, समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता छ ।”
अध्यक्ष यादवले मधेसवादी दलहरु फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताए ।
प्रतिक्रिया