खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र १(०१(००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
सोधपुछका क्रममा बालाले उक्त लागुऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागुऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।
पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया