प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई पराजित गर्दै एपिएफ विजयी
सुदूरपश्चिम । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सुपर फोरको खेलमा एपिएफ क्लब विजयी भएको छ ।
धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित ग¥यो । जितसँगै एपिएफ फाइनल नजिक पुगेको छ । जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले छ दशमलव पाँच ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । त्यसमा ममता चौधरी अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन ।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा आठ विकेटको क्षतिमा ४२ मात्रै जोड्न सक्यो । हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । बलिङमा एपिएफका सुमन विष्टले तीन, रेखा रावल र विनु बुढाले २\२ विकेट हात पारिन । सुमन प्लेयर अफ द म्याचसमेत चुनिइन ।
यही माघ १ गतेदेखि शुरु भएको प्रतियोगिता माघ १२ गते सम्पन्न हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५\२५ हजार पुरस्कार दिइनेछ ।
प्रतिक्रिया