जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गरेका छन् । 

जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्यतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ शुरु गरेको जानकारी दिए ।

गत मंगलवार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका थिए यसै सन्दर्भमा बनमन्त्री वनमन्त्री शाहीले कार्बन उत्सर्जनमा न्युन भुमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरुले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नको लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मुल उद्देश्य रहेको बताए ।

वनमन्त्री शाहीले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी) को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेण्डा स्थापित गर्न नेपाल लागिपरेको बताए । उहाँले सगरमाथा संवादले जलवायु परिवर्तनको कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्वपूर्ण भुमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ । 

मन्त्री ठकुरीले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले नै गरेको भएपनि विभिन्न समस्याको कारण गर्न नसकेको बताए । संवादमा पर्वतीय क्षेत्रमा सहकार्य गर्ने तथा दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरुलाई आमन्त्रित गरिने मन्त्री शाहीले बताए ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया