विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने
काठमाडौं । आइ.सि.सी. महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (बुधबार) अष्ट्रेलिया विरुद्धको खेलमा नेपालले टस हारेको छ ।
मलेसियाको यु.के.एम. वाइ.एस.डी. ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । यो सँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।
अष्ट्रेलिया विरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबै भन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।
नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेश सँग पाँच र दोस्रो खेलमा स्कटल्याण्ड सँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलिया सँग पनि पराजित भएमा नेपाल प्रतियोगिता बाट बाहिरिने छ ।
नेपालको प्लेइङ–११ मा कप्तान पूजा महतो सँगै साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, तृषना विक, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत छन् ।
रासस
प्रतिक्रिया