सशस्त्र प्रहरीलाई १६ वर्षमै अवकाशको व्यवस्था गर्छौँ : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको बताएका छन् ।
२४ ओँ सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “म गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन र कानून बनाउने कार्यमा जोड दिएको आएको छु । सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ ।”
उनले कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको घोषणा गरे ।
सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी रहेको जानकारी दिँदै लेखकले भने, “आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ ।”
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘यो व्यवस्थाको हकदार माओवादी हो’
२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्कियो, आम आदमी सत्ता बाहिर
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव…
सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा
माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्
पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया