बङ्गलादेश एयरलाइन्सको जहाजमा बम राखेको धम्की

एजेन्सी । इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको जहाजमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो ।
विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए ।
विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_X2Ib69AZRa_oambnaqkotpn1lofdbkorafbf20pc3roorpq3kmdesmgwrnlby7yfob2bp92.jpg)
प्रतिक्रिया