भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
एजेन्सी । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टा छुट्टै सडक दुर्घटनामा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका भारतीय प्रहरीले पुष्टि गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।
घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।
छुट्टा छुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए ।
रासस

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_X2Ib69AZRa_oambnaqkotpn1lofdbkorafbf20pc3roorpq3kmdesmgwrnlby7yfob2bp92.jpg)
प्रतिक्रिया