हर्कले भेटे खानेपानी मन्त्री,धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने प्रतिबद्धता
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्र गरेका छन् ।
मन्त्री यादवलाई भेट्न पुगेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)सँग आज मंगलबार भएको छलफलकामा मन्त्री यादवले समस्या समाधानका लागि एकीकृत खानेपानीको यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिएका हुन् ।
मन्त्री यादवले भने, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।”
साम्पाङले लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताएका मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।साम्पाङ हिजो धरानको खानेपानीको समस्या समाधान गर्न माग गर्दै रित्तो गाग्री बोकेर काठमाडौ. आएका हुन्
रासस
प्रतिक्रिया