अमेरिकामा टिकटक पुनः सुचारु
एजेन्सी । टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरू गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटकले आफ्नो सेवा पुनः शुरू गरेको हो ।
आफ्ना प्रयोगकर्तालाई पुनः स्वागत गर्दै टिकटकले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको उल्लेख गरेको छ ।
यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका हुन । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने अनुमान छ ।
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
ट्रयाक खुलेको ३२ वर्षपछि वालिङ–हुवास सडक कालोपत्र गरिँदै

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आचार्य पक्राउ

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु

उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छ

प्रतिक्रिया